Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल भएको हो । खेलको ५७ औँ मिनेटमा नेपालका नवयुगले गोल गरेर जित दिलाए ।

केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो । जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका हुन् ।

तपाईको प्रतिक्रिया