Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

हेटौडा – मकवानपुरको भीमफेदीमा एक निजी जीप दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केहि घाईते भएका छन । 19112016112025ji-1000x0

काठमाडौंबाट हेटौडातर्फ आइरहेको बा ३ च ९२८९ नम्बरको निजी जीप दक्षिणकाली हुँदै राजधानी प्रवेश गर्ने सडकको भीमफेदी गाविस ८ जुरीखेतमा दुर्घटनाग्रस्त भएको हो । सडकबाट जीप ५ सय मिटर तल खसेको छ ।

तीव्रगतिमा आएको जीप मोड्ने क्रममा ब्रेक नलागेर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । सडकबाट गाडी भीरमा खसेको देख्नासाथ त्यहीँ रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका साथमा रहेका सुरक्षाकर्मीहरु तत्कालै उद्धारमा खटिएका छन । accident-kamal-2

घाइतेहरुको उपचार भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया