Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिका-३५ बानेश्वर तीनकुनेमा बा ३ ख २०५६ नम्बरको बसले बा २६ प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक काभ्रे, नाला-३ का ४७ वर्षका हरिगोपाल श्रेष्ठको ज्यान गएको छ ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि निजामती अस्पताल मीनभवन लगिएकामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजतलास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया