Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

magar-rokaटोकियो-  केही महिना अगाडि निधन भएका शिवराज रोकामगरको यही नोभेम्बर २० तारिक आइतवार दाहसंस्कार हुने भएको छ । विद्यार्थी भिषामा जापान आइ अध्ययन गर्दै गरेका रोल्पा निवासी शिवराज रोकामगरको अकस्मात् निधन भएको थियो ।

पारिवारिक समस्याका कारण दाहसंस्कारमा ढिला हुन गएको थियो । लामो समयको सङ्घर्ष पश्चात शिवराजको परिवारबाट दाहसस्कार जापानमै गर्नको लागि अनुमतिपत्र नेपाली दूतावास जापान मार्फत प्राप्त भएको राप्ती समाज जापानका संयोजक विश्वेशेर रेग्मीले जनाउनु भएको छ । परिवारको तर्फबाट जापानमै दाहसंस्कार गरिदिनुहोला भन्ने पत्र प्राप्त भएकोले यही २० तारिक आइतवार दिनको ठीक २ :३० बजे दाहसंस्कार हुने जनाइएको छ ।

शिवराज रोकामगरको निधन भए लगत्तै एनआरएन जापान र नेपाली दूतावास जापानको समन्वयमा मगर संघ जापान, नेपाल जापान विद्यार्थी समाज जापान र राप्ती समाज जापानको संयुक्त पहलमा आर्थिक संकलन पनि गरिएको थियो । आर्थिक संकलनको हिसावकिताव पनि दाहसंस्कारकै दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने मगर संघ जापानका अध्यक्ष दीपक बूर्जा मगरले जानकारी दिनुभयो ।***

दाहा संस्कार हुने स्थानः
34-12 Kamiochiai 3- Chome Shinjuku , Tokyo 161-0034

letter-of-roka-magar

तपाईको प्रतिक्रिया