Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

सोलुखुम्बु  – दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ ।

गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरक बिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ ।

चारैतिर हिमालले घेरेको तीन हजार ६ सय मिटर उचाइमा रहेको नाम्चेका प्रहरी जाडोमा थरथर काँपेरै दिनरात बिताउनु पर्ने कारण हो भवनको अभाव । ‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिए पनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो ।

‘प्रहरीको हालत देखेर बिचरा भन्दै हिँड्छन देख्नेहरू पनि’, नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भन्नुभयो ‘कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।’

सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइ हो नाम्चे इलाका । सत्रजनाको दरबन्दी भएको कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर आफ्नो जग्गा नभएको भने होइन ।

नाम्चे-३ मै १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ । ‘तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ ।’ निरीक्षक यादव भन्नुहुन्छ ‘जहाँ भए पनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैँ असुरक्षित छौ ।’

नाम्चेमा २०५४ सालमा प्रहरी चौकी स्थापना भएको हो । सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भए पनि प्रहरीको भने बेहाल छ । खासगरी वर्षको छ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ ।

सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै छ, तर अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको छ । स्वास्थ्य संस्था, विद्यालयजस्ता अन्य निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरे पनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ । ****

तपाईको प्रतिक्रिया