Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आवश्यक परेको खण्डमा अमेरिका रुससँग सामना गर्न तयार हुनु पर्ने बताउनुभएको छ ।

आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई अमेरिकी ‘मूल्य तथा अन्तराष्ट्रिय  मापदण्ड’ को पालना गर्दैन भने रुस विरुद्ध बलियो भएर प्रस्तुत हुन भन्नुभएको हो । बर्लिनमा जर्मनी चान्सलर एन्जेला मार्केलसँग कुरा गरेपछि ओबामाले ट्रम्प नेटो सन्धिका लागि प्रतिवद्ध रहेको भनाइले आफू उत्साही रहेको पनि बताउनुभयो ।

एन्जेला मार्केल तथा ओबामाले अमेरिका तथा यूरोपियन यूनियन एक दोस्रोका साथ निकट सहयोगलाई जारी राख्नुपर्नेमा जोड दिनुभयो । ओबामाले अमेरिकी मूल्य मान्यता तथा हित अनुरुप ट्रम्पले रुससँग सकारात्मक सम्बन्ध बनाउन कोशिश गर्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।***

तपाईको प्रतिक्रिया