Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

ashok-shresthaटोकियो – नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले ट्युमरबाट पीडित अशोक श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ । 

अनुहार लगायत शरीरको अन्य भागमा समेत फैलिएको ट्युमरबाट पीडित श्रेष्ठको उपचार नेपालमा सम्भव नभएको चिकित्सकहरूले बताएका छन् । उनको उपचारको लागि अमेरिका जानुपर्ने र त्यसको निम्ति ठूलो धनराशी खर्च हुने भएकोले आर्थिक स्थिति कमजोर श्रेष्ठको उपचारको निम्ति विभिन्न मुलुकबाट सहयोग संकलन भइरहेको छ । अार्थिक सहयोग हुँदै गरेको भएपनि अनुमानित लागत रकम अझै नपुग भएको र त्यसै नपुग रकमलाई सहयोग गर्न नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले पनि अार्थिक सहयोग संकलनमा हातेमालो गरेको हो ।

समाजिक कार्यमा सधै सहयोगी जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीलाई अाफूले सकेको आर्थिक सहयोग गरी वर्षौदेखि ट्युमरबाट पीडित श्रेष्ठलाई उपचारको निम्ति सहयोग गरिदिन संस्थाको महासचिव शिव तण्डुकारले अनुरोध गरेका छन् । आर्थिक संकलनअभियान  १६ नोभेम्बर बुधवारबाट शुरू भैसकोको र ३ डिसेम्बर शनिवारसम्म रहने फोरमले जनाएको छ । संकलित रकम संस्थाको प्रतिनिधिद्वारा पीडित श्रेष्ठलाई हस्तान्तरण गरिने पनि तण्डुकारले समुद्रपारिलाइ बताए  । आर्थिक सहयोगको लागि बैंक विवरण निम्न अनुसार रहेको छ ।

Japan Post Bank
A/C number : ‎10170-89191801
Account
Holder Name: Newa Kokusai Forum Japan ( ネワコクサイフォーラムジャパン)
सहयोग रकम दाखिला गरेपछि नाम र सहयोग रकम  080-6555-6667 नम्बरमा  जानकारी गराउन पनि संस्थाले अनुरोध गरेको छ । ***

तपाईको प्रतिक्रिया