Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।fuel-truck-blast2

अधिकारीहरुका अनुसार उक्त ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार संस्थाहरुका अनुसार दुर्घटना भएको उक्त ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिस आगोको चपेटामा परेका थिए ।

विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ । उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताईएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया