Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – काठमाडौंमा ‘छैटौं अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’ हुने भएको छ । ‘जीवनको लागि संगीत र बाच्नको लागि संगीत’ भन्ने नाराका साथ यहि मंसिर ९ देखि ११ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्थान ‘नाचघर’ मा हुने महोत्सवमा १८ देशका चलचित्रहरुले भाग लिने छन् । infim-baner-to-web-page

आयोजक नेपाल लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेललेका अनुसार नेपाली लोक संगीत, लोक नृत्य, लोक संस्कृति, लोकपरम्परालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र उनीहरुको संस्कृतिबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो । बर्षेनी अंग्रेजी महिनाको नोभेम्बर महिनामा आयोजना गरिने महोत्सवमा आवेदन परेका विश्वभरका चलचित्रहरुमध्येबाट छनोट आधारमा प्रतिस्पर्धा गराइने अध्यक्ष कंडेलले जानकारी दिए । विभिन्न देशका प्रतिनिधिहरु सम्मिलित निर्णायक समितिले तीन दिन भित्र प्रदर्शन भएका उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसबर्षको महोत्सवमा अमेरिका, थाइल्याण्ड, भारत, कंगो, बेलायत, मेक्सिको, स्पेन, बंगलादेश, नेपाललगातका देशका लोक संस्कृतीमा आधारित चलचित्रहरु देखाइने बताईएको छ । आयोजक कमिटिले निर्णायक समिति समेत बनाएर महोत्सवको अन्तिम तयारी गरिरहेको छ । नेपालका चलचित्र निर्माता प्रदिप कुमार उदय, जेनेभाका ज्याक्स सरासिन र बेलायतकी कारिन वोसवाललाई निर्णायक समितिमा छनोट गरेको छ ।

यसैगरी कार्यक्रममा वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनलाई यसपटकको लाइफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने छ ।

तपाईको प्रतिक्रिया