Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अमेरिकाको ओक्लोहोस्थित इष्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ पढ्दै गरेकी निशा कार्कीको हृदयघातका कारण निधन भएको टेक्सस नेपाली समाजले जनाएको छ ।
नेपालको फूलखर्क गाविस कात्तिके गाउँ, धादिङ घर भएकी २० बर्षिय कार्कीको निधनबाट अमेरिकामा रहेका नेपाली स्तब्ध भएका छन् ।

nanaa

निशा ११ महिनाअघि मात्र अमेरिका गएकी थिइन् । नेपालमा समेत पढ्नलाई धौधौ रहेकी निशालाई नेपालमा पढ्न विदेशी नागरिकले सहयोग गरेका थिए । पढ्नमा तेज निशालाई अमेरिकाले भिसा दिएपछि कल्पनाले ऋणधन गरेर पठाएकी थिइन् ।

छोरीले नर्सिङ सकेपछिको सुखद जीबन कल्पना गरेर बसेकी कल्पनाले अकल्पनीय खबर सुन्नु परेको छ । नयाँबजारको सानो कोठामा कल्पना मुस्कुराइरहेको निशाको फोटो हेरेर रोइरहेकी छिन् । उनको परिवारजनको सहयोगार्थ अनलाई डोनेशन अभियान शुरु गरिएको छ । पढ्नमा तेज निशाले संर्घष गरेरै हुर्केकी थिइन् । उनी २ महिनाको हुँदा उनका बुबाको निधन भएको थियो ।

निशाकी आमा कल्पना कार्की ठमेलको एउटा होटेलमा काम गर्छिन । एकमात्र सन्तान निशाको अन्त्यष्टी गर्न विवश कल्पनाले छोरीको दाहसंस्कार धार्मिक विधि र हिन्दु परम्पराअनुसार गर्न चाहेकी छन् । टेक्सस नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले निशाको दाहसंस्कार र आमाको सहयोगार्थ जुट्न सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया