Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – नेपालका प्रधान सेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गर्नुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बङ्लादेशको द्विपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा प्रधान सेनापति क्षत्रीले २०७२ साल वैशाखमा नेपालमा गएको भूकम्पको बेलामा बङ्गलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो भने राष्ट्रपति हमिदले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

भेटघाटका अवसरमा नेपालका कार्यबाहक राजदूत धनबहादुर वली, भ्रमणदलका सदस्य, नेपाली दूतावासका सैनिक सहचारीसमेतको उपस्थिति रहेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  प्रधान सेनापति क्षत्री बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको निमन्त्रणामा बङ्गलादेश जानुभएको हो ।

तपाईको प्रतिक्रिया