Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संविधान संशोधनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी भएको बुझिएको छ । बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनि भएको छ । dsc7829-848x478

प्रदेशहरुको सीमाकंन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बूंदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया