Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष) को अवसरमा शुभकामना आदान प्रदान सहित बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 15027961_1805970239665400_3716638555984329742_n

नोवेम्वर ५ मा नागानो केनको तातेसिना रिजोर्ट होटेलको सभाहलमा आयोजित कार्यक्रममा अर्गनाईजेशनले आफ्नो कला–संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले संस्थाले पहिलोपटक जापानमा नयाँ वर्ष मनाएको हो । कार्यक्रममा एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग प्रमुख आतिथ्यतामा हुनुहुन्थ्यो भने उपस्थित महानुभाबहरुमा अर्गनाईजेशन जापानकी सहसंयोजक इन्दिरा सुजुकीले संस्थाको तर्फबाट र आफ्नो तर्फबाट नयाँ वर्षको शुभकामना दिंदै सबैलाई स्वागत गर्नुभएको थियो । 14925758_1805965336332557_4578636692113261740_n

‘एक नेपाली एक सहयोग’ नारा सहित नयाँ वर्ष ११३७ को शुभकामना आदानप्रदानका साथ दिवा भोज तथा सांगीतिक कार्यक्रम भब्य रुपमा मनाईएको हो । कार्यक्रममा नेपालबाट उपस्थित कलाकारहरु रुमि शाक्य तथा स्थानीय कलाकारहरु सकुल प्रजापति, रिया जोशी र जापानी नागरिक युको ओकामोतो (ज्यापुनी) ले बिशेष सांस्कृतिक प्रस्तुति सहित युको ओकामोतोले चर्या नृत्य तथा चर्या नृत्यको महत्व र परिचय दिनुभएको थियो । 15003185_1805969606332130_4596459196666340260_o

त्यस्तै रुकेश गोसाइले धिमे र रोहित सिल्पकारले भुस्या बजाई मनोरञ्जन दिएका थिए भने युको ओकामोतोले धिमेको तालमा धिमे नाच नाच्नुभएको थिए । ***

तपाईको प्रतिक्रिया