Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

क्यालिफोर्निया – उपचारको क्रममा हालै निधन हुनुभएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक सहयोग संकलन गरेको छ ।

हालसम्म रु ११ लाख संकलन गरेको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिनुभयो । संकलन गरिएको रकम न्यौपानेका सन्ततिका नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा खर्च गरिनेछ ।

संकलन भएको रकम नेपाल पत्रकार महासंघ मार्फत चाँडै नै न्यौपानेको परिवारलाई हस्तान्तरण गरिने नेजाद्वारा गठित सहयोग संकलन समितिका संयोजक नारायणप्रसाद सापकोटाले बताउनुभयो । आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष तथा आर्थिक दैनिक कारोबारका पूर्वसम्पादक न्यौपानेका एक छोरा र एक छोरी हुनुहुन्छ । ***

तपाईको प्रतिक्रिया