Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – व्यवस्थापिका संसद्को आज बसेको बैठकले नेकपा (माओवादी केन्द्र)का सांसद भक्तिप्रसाद पाण्डेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य बन्नुभएका पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा कात्तिक २८ गते साँझ ६२ वर्षको उमेरमा ललिपुरको क्यान्सर अस्पतालमा निधन भएको थियो ।

सभामुख ओनसरी घर्तीले बैठकमा उहाँको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्तावमा सांसदहरुले गहिरो शोक प्रकट गर्दै एक मिनेट मौन धारण गरेका थिए । बैठकमा स्वर्गीय पाण्डेको दिवङ्गत आत्माको चीर शान्तिको कामना पनि गरिएकोे थियो । शोक प्रस्तावमा स्वर्गीय पाण्डेले विसं २०२७ मा पुष्पलाल समूहबाट नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर विसं २०२८ को हर्रेबर्रे कान्डको नेतृत्व गरी शसस्त्र युद्धमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ ।

साथै विसं २०५७ मा नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका स्वर्गीय पाण्डे नेकपा (माओवादी केन्द्र)को तर्फबाट विस २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य बन्नुभएको थियो भनिएको छ । व्यवस्थापिका संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा आलीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया