Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको पदाधिकारीमा टुंगो लगाईएको छ । पोखरामा तरुण दलको चौथो महाधिवेशनमा शीर्ष नेताहरुबीच भागबण्डाका आधारमा पदाधिकारी चयन गरिएको हो । 22

यसअघि हिजो तरुण दलको अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा निकट जितजंग बस्नेतलाई चयन गरिएको थियो । पार्टी निर्देशक समितिले पत्रकार सम्मेलन मार्फत तरुण दलको अध्यक्षमा बस्नेत, महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही, कोषाध्यक्षमा नेता खुमबहादुर खड्का निकट विद्वान गुरुङ चयन गरिएको बताएको छ । यसैगरी नेता कृष्ण सिटौलाको भागमा परेको उपाध्यक्ष भने सिटौलाले नाम नदिएका कारण चयन हुन सकेको छैन ।

बाँकी रहेका पदमा पनि काठमाडौ फर्केपछि चयन गरिने सहमति भएको छ । अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ७५ सदस्यीय बनाउने तयारी भईरहेको बुझिएको छ । जसमा ४० प्रतिशत देउवा पक्षलाई, ३० प्रतिशत पौडेल पक्षलाई र ३० प्रतिशत सिटौला समूहलाई दिने मोटामोटी सहमति भएपनि टुंगो भने लागिसकेको छैन् ।

तपाईको प्रतिक्रिया