Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

monaटोकियो – म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानका वरिष्ठ उपाध्यक्ष दिपक कार्कीले मोना जापान टिमका फुटबल खेलाडीहरुका लागि सहयोग स्वरुप पोशाक उपलब्ध गराउनुभएको छ ।

जापानमा आयोजना हुने फुटबल प्रतियोगिताहरुमा मोना जापानबाट सहभागिता जनाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कार्कीले खेलाडीहरुका लागि पोशाक प्रायोजन गरेको समुद्रपारिलाई बताउनुभयो

गत आइतवार टोकियोमा सम्पन्न छैटौ फेडेरेसन रनिङ कपमा पनि मोना जापानको फुटबल टिमले सहभागिता जनाएको थियो ।

लामो समयदेखि जापानको नागोया क्षेत्रमा बस्दै आउनुभएका ब्यवसायी कार्कीले यसअघि पनि मोना जापानको नागोया क्षेत्रीय कमिटीको टिमका खेलाडीहरुलाई पनि खेलकुद पोशाक प्रायोजन गर्नुभएको थियो ।

अन्य सामाजिक, साँस्कृतिक तथा परोपकारी गतिबिधिहरुलाई नियमितरुपमा अगाडि बढाउँदै आएको मोना जापानले खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर म्याग्देली युवाहरुमा रहेको खेल प्रतिभालाई प्रोत्साहित गरिने संस्थागत योजना रहेको मोना जापानका अध्यक्ष महेन्द्र बाँनियाले बताउनुभयो ।***

तपाईको प्रतिक्रिया