Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

basanta-chaudhari

काठमाडौं – नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार समितिको संयोजक चयन गरिएको छ । समितिको संयोजकमा वसन्त चौधरी र विनयराज पाण्डे चयन भएका छन् । आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमेर शेखको उपस्थितिमा सल्लाहकार समितिको बैठक बसि संयोजक तोकिएको हो ।
सल्लाहकार समितिमा रहेका नेपाली पक्षको असन्तुष्टिलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सम्बोधन गर्दै नयाँ संयोजक तोकेका हुन् । कार्यविधि स्वीकार्य नभएको भन्दै नेपालले आपत्ति जनाएपछि आईसीसीले नेपालमा प्रतिनिधि पठाएको थियो ।
यसैगरि पवन अग्रवाललाई भने सदस्य सचिवको जिम्मेवारी दिइएको छ । उद्योगपति चौधरीलाई कानुनी र सरकारी निकायसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ भने क्रिकेट संघका पूर्व अध्यक्ष पाण्डेले विधान र क्रिकेट संरचना विकासबारे योजना बनाउने जिम्मेवारी पाएका छन् । साथै, सदस्य सचिव अग्रवाललाई बैठक आहृवान गर्ने अधिकार समेत दिइएको छ । संयोजकले असार दोस्रो साताभित्र नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने जिम्मेवारी पाएको छ ।

तपाईको प्रतिक्रिया