Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जापानबाट मार्सल आर्ट ‘बुदो’को जन्म

टोकियो–हेर्दा कलिलो अनुहार, उमेर बीसवर्ष भन्दा कम । लवाईखुवाई र शरीरको स्टाईल हेर्दा कुनै मोडल भन्दा कम छैनन् । तर कलिलो शरीरभित्र लुकेको पावर छ । परिआए दुईचारजना मर्दलाई ठेगान लगाउँन सक्छन् राधा र रजिनाले । ‘आत्मारक्षाको साथै अनुशासनको लागि खेल’ भन्ने कुरालाई मन्त्रको रुपमा लिएर कराँतेमा प्रवेश गरेका कीर्तिपूर मच्छेगाउँका राधा मानन्धर र रजिना विष्ट यतिखेर टोकियोमा छन् । उनीहरु कराँतेका खेलाडी हुन् तर कराँते खेल्न टोकियो आएका भने होइनन् । उनीहरु जापानमा पहिलोपटक स्थापना भएको ‘बुदो’ खेलका लागि टोकियो आएका हुन् । टोकियोमा महिलाहरुको लागि ‘महिला बुदो इन्टरटेनिमेन्ट’ को स्थापना भएको छ । नेपालबाट यसै खेलका लागि छनौट भएर आएका हुन राधा र रजिना ।

२०१६ सालमा पहिलोपटक जापानमा स्थापित बुदो खेलमा विशेष गरी ‘महिला बुदो इन्टरटेनिमेन्ट’मा एसियाका विभिन्न मुलुकहरुबाट खेलाडीहरु जापान आइरहेका छन् र आउने क्रम पनि जारी छ ।
आगामी २०१७ सालको जनवरी १९ मा टोकियो डोमस्थित कोराकुयनहलमा पहिलो पटक प्रतिस्पर्धात्मक खेल हुँदैछ । महिला बुदो खेलका लागि भर्खरै मात्र स्थापित सेइजा प्रोजेक्टले खेलसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन गर्दै आइरहेको छ । भर्खरै मात्र स्थापित भएको खेल भएकोले कुनै तोकिएको खेलको नीति नियम बनिसकेको छैन । खेलको नियम द्रूत गतिमा निर्माण भैरहेको छ । radha-and-rajina

विशेष गरी महिलाहरुलाई सक्षम बनाउनु, दक्ष बनाउनु र लुकेको प्रतिभालाई बुदो खेलको माध्यमबाट प्रस्फुटन गराउन यस खेलको उद्देश्य रहेको सेइजा प्रतिनिधी यूको ओसावाले समुद्रपारिलाई बताईन । प्रोजेक्टले विभिन्न देशबाट महिला खेलाडीहरुलाई टोकियो झिकाइ आफ्नै सम्पूर्ण खर्चमा बुदो खेलको तालिम लगायत विभिन्न जापानी संस्कृतिको बारेमा सिकाइरहेको छ । बुदो इन्टरनेनिमेन्ट तथा सेइजा प्रोजेक्टका संस्थापक निचिरेई यामागुचीले यस प्रोजेक्टको माध्यमबाट जापानको मार्सल आर्टको सन्देश संसारका अन्य देशमाहरुमा पनि पुग्ने बताए । त्यसो त उनले भने–‘यसैको माध्यमबाट जापान र अन्य देशहरुको सांस्कृतिक आदानप्रदान पनि हुने कुरामा म आशावादी छु’ ।

seiza

seiza-ikebana

फुर्सदको समयमा विदेशी साथीहरूसँगै जापानको इकेवाना (फूल सजाउने) कला सिक्दै राधा र रेजिना । 

तपाईको प्रतिक्रिया