Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि आज नेपालले फाइनलमा मकाउसँग खेल्दैछ । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुने खेलमा इतिहास रच्ने लक्ष्य नेपालको छ ।

नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनैपनि एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा ठाउँ बनाएको हो । त्यसैगरी, मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो । सोमबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी क्योतोकु कोजीले पहिलो प्रतियोगिताको पहिलो च्याम्पियन बन्न टिम लालायित भएको बताएका छन् । nepal

जित सजिलो नभए पनि मौका भने रहेको कोजीको प्रतिक्रिया छ। नेपाल र मकाउले हालसम्म आपसमा ५ खेल खेलिसकेका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ । केही कमजोर आँकिएको मकाउलाई हराएर नेपाली टिमले पहिलो ठूलो सफलता हासिल गर्ने आतुर देखिएका छन् ।

समूह चरणमा नेपालले ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । यसैगरी लाओसले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि सोमबार भएको भिडन्तमा लाओसले ब्रुनाईलाई ३–२ ले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया