Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

ghatbhandan

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा मोर्चाका नेताले सरकारले संशोधन प्रस्तावमा आलटाल गरिरहेको भन्दै अबको १५ दिनभित्र पनि संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले यो अल्टिमेटमलाई चुनौतीका रुपमा लिएको बताएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले प्रस्ताव दर्ता गराउन सरकारले गृहकार्य गरिरहेको र प्रस्ताव अन्तिम चरणमा पुगेको र अब कांग्रेस र एमालेसँगको सहमति पछि संसदमा प्रस्ताव दर्ता हुने जानकारी गराउनुभएको थियो ।

आफूहरुले बुझाएका २६ बुँदे माग अनुसार काम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको फोरमका नेता अशोक राईले जानकारी दिनुभयो ।

सरकारले सिमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरिरहेको छ ।

मोर्चाका नेतासँगको छलफलपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार कांग्रेसका सभापति  रशेरबहादुर देउवा र विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरि प्रस्तावलाई अन्तिम रुप दिने उहाँको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया