Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्वकप छनौट फुटबल अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४–१ को फराकिलोले हरायो । 1479087663foallfff

यही समुहका अन्य खेलहरुमा हंगेरीले एण्डोरालाई ४–० ले हराँउदा स्विट्जरल्याण्डले फारो आईल्याण्डलाई २–० ले पराजित र्गयो । यता समुह एच को खेलमा बेल्जियमले ईस्टोनियालाई ८–१ ले हरायो । यही समुहका अन्य खेलहरुमा साईप्रसले जिब्रल्टारलाई ३–१ ले हराँयो भने ग्रिस र बोस्नीया हर्सगोभिजाले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह ए का खेलहरुमा नेदरल्याण्ड्सले लक्जेम्बर्गलाई ३–१ ले हरायो । त्यसैगरी, उदा बुल्गेरियाले बेलारुसमाथि १–० को जीत निकालेको छ । विश्वकप छनौट अन्तर्गत अफ्रिकी समुहका खेलहरुमा ईजिप्टले घानालाई २–० ले हराँउदा प्रजातान्त्रिक गणतन्त्र कंगोले गिनियालाई २–१ ले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया