Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

b5टोकियो – बाँके बर्दिया मैत्री समाज जापानले आज टोकियोमा एक समारोहको आयोजना गरी नेपालबाट आएको खेल क्षेत्रका पदाधिकारी तथा खेलाडीहरुको टोलीलाई सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुँडामणि पौड्यालले मानव जीवनमा खेलकुदको महत्व बारे प्रकाश पार्दै मन्त्रालयले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद नारा तय गरेको बताउनुभयो । उहाँले भूकम्पबाट विक्षिप्त एवं टुटेको मनहरुलाई पनि खेलकुदको माध्यमबाट जोड्न सकिने बताउँदै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको बिकासका लागि केही वर्षयता पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिभाको खोजी गरी पाँच वटा ’प’ को सिद्धान्त अंगिकार गरेको बताउनुभयो । उहाँले बिदेशमा बस्ने नेपालीहरुप्रति लक्षित गर्दै राष्ट्रिय एकता, राष्ट्रको समृद्धि र खेल क्षेत्रको बिकासमा देशबाहिरबाट पनि आवश्यक सहकार्य, खबरदारी एवं दबाब b4आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।

यसैगरी नेपाल भारत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलजगतको बिकासमा मुलुकबाहिर रहेको नेपाली समुदायले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने बिचार ब्यक्त गर्नुभयो ।

एशियन जुनियर भारत्तोलन टूर्नामेन्टमा भाग लिन जापान आएको खेलकुद क्षेत्रका जिम्मेवार पदाधिकारी तथा खेलाडी सम्मिलित टोलीमा सहसचिव पौड्याल, भारत्तोलन संघका अध्यक्ष टण्डनसहित पार्थ सारथी सेन गुप्ता, निरा टण्डन, सुनिलबाबु जोशी, सञ्जय महर्जन, प्रकाश केसी र कमला श्रेष्ठलाई समाजले सम्मान गरेको हो ।

b7अध्यक्ष जनकविक्रम शाहीको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा समाजका सल्लाहकार डा. अमित सुबेदीको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, एनआरएन जापानका सचिव बुद्धि घिमिरे, पूर्वी नेपाल बिकास सहकार्य केन्द्रका कार्यबाहक अध्यक्ष भूपिगोविन्द श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका पदम ठगुन्ना, मिडियाकर्मी जिज्ञानकुमार थापा लगायतले बोल्नुभएको थियो ।b3

कार्यक्रमको अन्तमा समापन मन्तब्य राख्दै सभापति शाहीले बाँके बर्दिया समाजले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बिचार ब्यक्त गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट समाज र राष्ट्रलाई जोड्न सकिने भएकोले खेलकुदको बिकासका लागि सम्बन्धित निकायहरुसंग सहकार्य गर्दै समाजले हरसंभवका प्रयासहरु जारी राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रम समाजका सल्लाहकार डा. बिजय ज्ञवालीले सञ्चालन गर्नुभएको थियो । ***

b1 b2 b6

तपाईको प्रतिक्रिया