Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

Kamal-Thapa-800x445

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान स्थापना भएको छ ।
पार्टीका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको सम्झनामा स्थापित प्रतिष्ठानले देशका विभिन्न स्थानमा सामाजिक गतिविधि सञ्चालन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । मुलुकका दुर्गम क्षेत्रका विपन्न तथा गरिब समुदायका बालबालिका तथा जेहन्दार विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति पनि उपलब्ध गराइने प्रतिष्ठानको लक्ष्य छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिलो संविधानसभामा पार्टी संसदीय दलको नेता समेत रहनुभएका गुरुङले देशको राजनीतिक विकासमा योगदान पु¥याएकाले उहाँको स्मृतिमा स्थापित प्रतिष्ठानमा अन्य पदाधिकारी तथा सदस्यको मनोनयन तथा छनोट चाँडै हुनेछ ।

तपाईको प्रतिक्रिया