Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

kp oli

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभएको छ ।
झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनु हुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।” उहाँले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैं रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । उहाँले थप्नुभयो,“संविधान कार्यान्वयन गर्न स्थानीय तहसँगै तीनवटै निर्वाचन गर्न लाग्नुपर्छ ।” सरकारले संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित नभएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो–“अब संविधान कार्यान्वयनका लागि जति छिटो निर्वाचन गराउन सरकारले वातावरण निर्माण गराउनुपर्छ ।” अबको स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनताको कामलाई सहज बनाउनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेल, सांसद दीपक कार्की, नेकपा (माओवादी केन्द्र)का झलकसिंह दर्लामी लगायतले बोल्नुभएको थियो । नौ किमी लामो सो सडक रु नौ करोड ३७ लाखमा ठेक्का लागेको थियो । दुई वर्षभित्र पूरा हुने सो सडक कालोपत्रे भएपछि धरमपुर हुँदै महाभारतसम्म आवतजावतमा सुविधा पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया