Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पोखरा – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौँथो महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुदैछ । बन्द सत्र पोखरा सभागृहमा हुनेछ ।

बिपिको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ हिजो सुरु भएको महाधिवेशन भोली सकिने कार्यक्रम रहेको छ । भोली नेतृत्व चयनको कार्यक्रम रहेको छ ।

झण्डै १० बर्षपछि भएको महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्ने प्रयास भईरहेको दलका पुर्व अध्यक्ष तथा दलको निर्वाचनका लागि गठित निर्देशक समितिका संयोजक बालकृष्ण खाँणले बताउनुभयो ।

दलको नेतृत्व गर्न १० जना भन्दा बढी नेताले अध्यक्षमा दावी गर्दै आएका छन् । तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ । महाधिवेशनमा करिब १४ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया