Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । मंहगी, भष्टचार र खाध सम्प्रभुताको बिषयमा आवाज उठाउदै नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको पार्टीले जनाएको छ ।

बिहान ५ बजे देखी साझ ५ बजेसम्मरहने बन्दमा पत्रकार, मानब अधिकारबादी कुटनितिक नियोगका सवारी, खानेपानीका गाडी, एम्बुलेन्सलाई निर्वाद रुपमा चल्न दिईने बताइएको छ ।

खाद्यन्नमा भएको महङ्गी, भष्टचार खाध सम्प्रभुताको बिषयलाई चन्द नेतृत्वको नेकपा माओवादी विभिन्न समयमा नेपाल बन्द र आन्दोलन गर्दै आएको छ । बन्दका कारण उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया