Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – काठमाडौं र ललितपुरका केही ठाउँमा आइतबार र सोमबार दिनभर लोडसेडिङ हुने भएको छ ।

काठमाडौंको बानेश्वर सवस्टेशनको सर्किट ब्रेकर फेर्नुपर्ने भएकाले दुई दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म १३ घण्टा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा मिनभवनले जनाएको छ ।

महाशाखाका अनुसार बानेश्वर स्टेशनबाट विद्युत आपूर्ति हुने शंखमुल, संसदभवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, बानेश्वर, गोठाटार, ललितपुरको लुभू, इमाडोल १ र २ मा विद्युत आपूर्ति बन्द हुने भएको हो । दिनभरी स्टेशनमा काम चल्ने भएकाले राति भने बत्ती दिन सकिने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया