Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पाकिस्तान – पाकिस्तानको बलुचिस्तानमा रहेको एक धार्मिक स्थलमा विस्फोट हुँदा ५२ जनाको ज्यान गएको छ । घटना एक सय भन्दा धेरै घाइते भएका छन् ।

बलुचिस्तानको ग्रामीण क्षेत्रमा रहेको सुफी मुस्लिम शाह नुरानी दरगाह विस्फोट भएको हो । उद्धारकर्मीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । शाह नुरानी दरगाहमा धार्मिक नाच धमाल भइरहेका बेला विस्फोट भएको हो ।

यो दरगाहमा पाकिस्तानभरिका सुफी मुस्लिम पुग्ने गर्दछन् । यस्तै इरानबाट पनि आउने गरेका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्ना एक आत्मघाती आक्रमणकारीले विस्फोट गराएको दाबी गरेको छ । तर बलुचिस्तान प्रान्तका गृह मन्त्री सरफराज बुगटीले आक्रमणको पछि बाहिरी शक्तिको संलग्नता रहेको हुन सक्ने बताउनुभएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आक्रमणको निन्दा गर्दै उद्धार तथा राहतलाई प्रभावकारी बनाउ आग्रह गर्नुभएको छ ।

विस्फोटमा परि घाइते भएकाको उद्धारका लागि ५० वटा एम्बुलेन्स परिचालन गरिएको छ । यस्तै घाइतेको जीवन रक्षाका लागि हेलिकप्टरको आवश्यकता पर्ने उद्धारकर्मीले बताएका छन् । विस्फोट भएको शाह नुरानी दरगाह कराँचीबाट एक सय किलोमिटरको दूरीमा छ ।

तपाईको प्रतिक्रिया