Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर  – कञ्चनपुरको दोधाराचाँदनीमा नुनको कृत्रिम अभाव सिर्जना भएको छ । यातायातको सुविधा नहुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले दोधाराचाँदनीमा नुन पुर्याउन नसक्दा स्थानीय बासिन्दा भारतीय नुन खान बाध्य छन् ।

गएको मंगलबार राति भारत सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि स्थानीय बासिन्दाले भारतबाट नुन आयात गर्न नपाउदा दोधाराचाँदनीमा नुनको अभाव सिर्जना भएको हो । भारतीय नोटका कारोबार बन्द भएपछि सीमावर्ती भारतीय बजारबाट नुन किन्न नपाएको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।

नेपाली नुन दोधाराचाँदनीमा नजाने भएकाले आफूहरुले भारतीय नुनको प्रयोग गर्दै आएको दोधाराचाँदनीका पप्पु गुरुङले जानकारी दिनुभयो । उहाँले भारतीय ५ सय र हजारको नोटमा लगाइएको प्रतिबन्ध कारण स्थानीय बासिन्दाले भारतीय बजारबाट नुन किन्न नसक्दा दोधाराचाँदनीमा नुनको अभाव सिर्जना भएको बताउनुभयो । दोधाराचाँदनीमा नुनको अभाव सिर्जना भएपछि व्यापारीले महेन्द्रनगरमा समेत नुनको कृत्रिम अभाव देखाउँदै खुल्लेयामा बढी मूल्यमा नुन बेचिरहेका छन् । उनीहरुले २० रुपैयाँ पर्ने नुनको प्याकेटलाई २५ रुपैयाँमा बेचिरहेका छन् ।

उता, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमभरी नै नुनको अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । साल्ट ट्रेडिङ्गसँग एक लाख क्वीन्टल नुन रहेको र त्यसले ७ महिनासम्म आपूर्ति गर्न पुग्ने भएकाले नुनको अभाव नरहेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले संचारमाध्यममा कञ्चनपुरमा नुनको अभाव रहेको भन्ने समाचार आएकाले महेन्द्रनगरका लागि शनिबार नै २ सय क्वीन्टल नुन पठाइएको जानकारी दिनुभयो ।तर, दोधाराचाँदनीमा भने हिउँदमा नुन पठाउने गरिएपनि यातायातको समस्याका कारण अहिले नुन पठाउन नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

तपाईको प्रतिक्रिया