Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय विविधतालाई समृद्धि र एकताको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले धर्म, जाति र भूगोलका नाममा द्वन्द्व र झगडा मच्याउने काम नगरी आपसी एकता र समृद्धि अबको बाटो भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नयाँ संविधानले दिएका अधिकारको प्रयोग गरी समृद्धिको बाटोमा जान एकता चाहिन्छ । विभेद् र असमानताको अन्त्य गर्नुपर्छ ।’’

अध्यक्ष ओलीले एकसय २५ जातजाति र भाषाभाषी तथा धार्मिक विविधताको देशमा साम्प्रदायिकता भड्काउने काम भएमा समृद्धिको बाटो प्रभावित हुने भन्दै साम्प्रदायिकतामा जाकिएका अन्यमुलुक कसरी ध्वस्त भइरहेका छन् भन्ने हेक्का राख्न आग्रह गर्नुभयो ।  सम्मेलनमा करिब १५०० प्रतिनिधि सहभागी छन् ।

तपाईको प्रतिक्रिया