Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ  – अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोट साट्न समस्या नहुने बताउनुभएको छ ।

प्रेस सेन्टरले दाङमा गरेको पत्रकार सम्मलेनमा उहाँले नेपाल राष्ट्र बैंक मार्फत यस विषयमा भारतसँग कुरा भइरहेको जानकारी दिँदै उहाँले पाँच सय र हजारका भारतीय नोट साट्न समस्या नहुने बताउनुभएको हो ।

नेपालमा बैंक तथा नागरिकसँग रहेका वैध पाँच सय र हजार दरका नोट साटिने अर्थमन्त्री महराले बताउनुभयो । अर्को प्रसंगमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने नल्याउने अझै निश्चित नभएको बताउनुभयो ।

यो राजनीतिक विषय भएकाले सत्ता साझेदार र प्रतिपक्ष दलसँगको छलफलपछि सहमतिमा वर्तमान सरकारका प्राथमिकता समेट्ने गरेर पुरक बजेट ल्याउन पनि सकिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया