Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा प्रधानमन्त्री दाहालले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नु भयो । वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यकपर्ने बताउनुभएको उहाँका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 27-kartik

भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसद्मा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गर्नुभएको थियो ।

उहाँले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया