Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – कतारमा निर्माणधीन विश्वकपको अल वक्रा रंगशाला बनाउने क्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको छ । रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको हो ।

कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् । रंगशाला बनाउने जिम्मा पाएको मिडम्याक, पिओआरआर र सिक्स कन्स्ट्रक्टद्वारा जारी विज्ञप्ती अनुसार पासवानको भारी ट्रकले ठक्कर दिंदा मृत्यु भएको हो । उनको मृत्यु भएपछि छानबिनको लागि रंगशालाको निर्माण काम रोकिएको थियो । कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् ।

पासवान निर्माणाधीन साइट भन्दा बाहिर क्षेत्रको ड्राइभर भएको दाबी गरेको छ । रंगशालामा कार्यरत कामदारको स्वास्थ्य तथा सुरक्षाको लागि मुख्य ठेकेदार कम्पनीले जिम्मा लिएको छ । ती कम्पनीहरुले फेरि यस्तो दुर्घटना हुन नदिन थप सचेतता अपनाएको विज्ञप्तीमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया