Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको वताउनुभएको छ ।

यातायात सेवाको प्रभावकारिताका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको उहाँले बताउनुभयो । आजदेखि सामाखुशी यातायात व्यवसायी सङ्घले सञ्चालन गरेको बस सेवाको उद्घाटन गर्दै मन्त्री केसीले यातायातसम्बन्धी ऐन, कानुनको पालना गरी यातायात सेवा प्रभावकारी बनाउने काममा सहयोगी बन्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुनाफा र सेवाका बीच सन्तुलन कायम राख्दै व्यवसायीले सेवाग्राहीको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मन्त्री केसीले यातायात व्यवसायीको लगानीको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद जगदीश्वरनरसिंह केसी, नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँलगायतले सार्वजनिक यातायातमा नागरिकको विश्वास बढाउन प्रभावकारी यातायात सेवाको सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सामाखुशी यातायात व्यवसायी सङ्घले आजदेखि काठमाडौँ उपत्यकाका लागि १० वटा बस सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया