Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर – प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश दिनुभएको छ । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उहाँले भन्नुभयो,‘विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् ।’

प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्नेछ भन्नुभयो । राष्ट्रिय गौरवका योजना लगायत अन्य महत्वपूर्ण योजनालाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणका लागि सकारात्मक सोचका साथ एक्यवद्ध भएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय गौरवका योजना र महत्वपूर्ण योजनालाई सम्पन्न गर्नका लागि के समस्या छ भनेर विभागीय मन्त्रीलगायत पदाधिकारीसँग छलफल गरी समस्या समाधानका ठोस कदम उठाउन निर्देशन दिएको उल्लेखगर्दै विकास निर्माणको कार्यमा गति दिई बजेट खर्च बढाउन पनि निर्देशन गर्नुभयो ।

उहाँले स्वतन्त्र विदेश नीतिलाई आधार बनाएर दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित रहेको र अन्तर्रा्ष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताउँदै शान्ति प्रक्रियालाई अगाडि बढाएको, सेना समायोजनपछि मुलुकमा गुणात्मक रुपमा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया