Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – पहिलो मिस एण्ड मिसेज नेवाः जापान ११३७ को उपाधि संगीता शाक्यले जितेकी छिन् । त्यस्तै दोस्रो अनुस्का शाक्य र तेस्रो सृजना शाक्यले उपाधि हासिल गरेका छन् ।
वल्र्ड नेवाः अर्गनाईजेशन जापानले पहिलो पटक जापानमा मिस एण्ड मिसेज नेवाः जापान ११३७ नागानो केन को तातेसिना रिजोर्ट होटेलमा नोवेम्वर ६ आईतवार उक्त कार्यक्रम गरेको हो ।

14991155_1806838789578545_1735107875359934353_o

त्यस्तै क्रमसः चौथौमा सनम रंजितकार ,पाँचौमा प्रमिला शाक्य, छैंठौमा शर्मिला शाक्य, सातौंमा खुशी डंगोल सुबेदी, आठौंमा नेहा श्रेष्ठ, नवौंमा शर्मिला महर्जन र दशौं स्थानमा मेलिना महर्जन परेका छन् । प्रतियोगितामा ४३ जनाले प्रतिस्पर्धीहरु गरेका थिए । तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य ,रिया जोशी र सकुल प्रजापतिले नेवार नाच र युको ओकामोतोले चर्या नृत्य र त्यसको परिचय प्रस्तुत गरेका थिए । रुकेश गोसाईले धिमेबाजा र रोहित सिल्पकारले भुस्या बाजा बजाई मनोरंजन दिएका थिए ।

15000652_1806828192912938_3192323981018930196_o

कार्यक्रममा बोल्दै वल्र्ड नेवाः अर्गनाईजेशन जापानका सह सयोंजक इन्दिरा सुजुकी राजभण्डारीले नेवार मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा कार्यक्रमका संयोजक सुनिल कुमार शाक्यले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए ।

14990958_1806828569579567_7835648165130067367_o-1

त्यस्तै आफ्नो मन्तब्य दिने क्रममा सो कार्यक्रमका प्रमुख अतिथि भवन भट्टले नेवार मौलिक संस्कृति, भाषा, भेषभुषा नेपालको गहना भएको हुनाले यसलाई संरक्षण र सम्र्वदन गर्नु पर्नेमा जोड दिए । त्यस्तै एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ, नेपाल भाषा प्रस्ट बोल्ने जापानिज ब्यांचा दाई ,कास्की पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, रामेछाप जापान समाजका प्रमुख सल्लाहकार सुरेन्द्र लाल श्रेष्ठ, पर्वत समाज जापानका अध्यक्ष ईस्वर जोशी, नेवाः जागरण जापानका अध्यक्ष जनक राज शाक्य, नेवाः गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति , वल्र्ड नेवाः अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य, ओकिनावा प्रतिनिधि नारायण जोशी, संस्थाकी सह संयोजक इन्दिरा सुजुकी राजभण्डारी, एन आर एन जापानकी सदस्य सबिता श्रेष्ठ, कलाकारहरु युको ओकामोतो मल्ल, रिया जोशी र रुमि शाक्यलाई खादा ओढाई सम्मान गरिएको थियो ।

15000625_1806838512911906_6218492259916182158_o
त्यस्तै मिस एण्ड मिसेज नेवाः जापानमा उपाधि हासिल गर्ने सुन्दरीहरुलाई महेश श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए भने भबन भट्टले ताज पहिरयाई दिएका थिए । त्यस्तै राजन प्रधानाङ्गले बिजयी सुन्दरीहरुलाई शास लगाई दिएका थिए ।यसअघि प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट गरिएको थियो । प्रतिस्पर्धीहरुको फोटो अफिसियल फोटोग्राफर मनोहरु लाल र नरेन्द्र कुमार शाक्यले खिचेका थिए ।

15000830_1806826972913060_82341100575156692_o

मिस एण्ड मिसेज नेवाः जापान ११३७ का विजेताले ३० हजार येन नगद, फस्ट रनरअपले २० हजार येन र सेकेण्ड रनरअपले १० हजार येन नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसरी नै तेस्रो रनर देखि दशौं रनर सम्मले बिभिन्न उपहारहरु प्राप्त गर्ने छन् । वर्ल्ड नेवास्अर्गनाईजेशन जापानका प्रतिनिधि जनक राज शाक्यले नेपालभाषा तथा संस्कृतिलाई कायम राख्नको लागी भाषा संस्कार संस्कृतीको जर्गेना गर्न यसको संरक्षण र सम्वर्धन गर्नु मिस एण्ड मिसेज नेवाः जापान ११३७ ले गहन भुमीका खेलेको बारे प्रकाश पारेका थिए ।

15002288_1806827129579711_1313688873988987096_o

15003282_1806845326244558_6720131689096648891_o 14990958_1806828569579567_7835648165130067367_o 14990935_1806839839578440_1718329855231259272_o 14990947_1806828016246289_7581429092473679468_o 14940095_1806848039577620_694113543127450300_o 14976639_1806839462911811_2132310313611106531_o

तपाईको प्रतिक्रिया