Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनाधिकृत रुपमा रकम निकाल्ने दुईजना टर्कीस नागरिक पक्रेको छ । 

सिआइबीले पर्यटक भिसामा नेपाल आई काठमाडौं ठमेल, दरबारमार्ग लगायत क्षेत्रका विभिन्न एटिएम बुथहरुमा नदेखिने क्यामरा तथा स्किमिङ डिभाइस जडान गरी रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई कान्तिपथको यलो प्यागोडा होटलबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न दरका २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय युरो, १६ सय ६० अमेरिकी डलर, १ सय १३ वटा एटिएम कार्ड, एटिएम कार्डको पिन नम्बर लेखिएको ८ पाना कागज लगायत सामाग्रि बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिआइबीले यसअघिपनि अनाधिकृत रुपमा पैसा निकाल्ने कार्यमा संलग्न रोमानियन र बुल्गेरियन नागरिक पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया