Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

अर्घाखाँची – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनाब अघिनै हिन्दु राष्ट् घोषणा हुने बताउनुभएको छ । रिपोटर्स क्लब अर्घाखाची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा योजनाबद्ध र संगठनात्मक रुपमा धर्म परिबर्तन गर्ने खेल भइरहेकोले देशमा धार्मिक सांस्कृतिक एकता खलबल भएको समेत बताउनुभयो ।

img_7581

“बहुसंख्यक जनता हिन्दुराज्यको पक्षमा छ,जारी संविधानमा हिन्दुराज्य कायम नहुनु बिडम्बनानै हो संबिधानमा धर्मनिरपेक्षता कायम भएपनी जनताको भावनालाई कदर गर्नकै लागी संबिधान संशोधन वा जनमत संग्हबाट नेपाल हीन्दु राष्ट् कायम भएरै छाड्छ । ”२०७४ माघ ७ भित्र तीनवटै तहको चुनाब हुनैपर्ने संबैधानीक बाध्यता रहेकोले जसरी पनी चुनाब गराउनुपर्ने र चुनाब अघिनै संविधान संसोधन मार्फत हिन्दुराज्य कायम हुनेमा आफु बिश्वस्त भएको उहाँको कथन छ ।

बर्तमान अबस्थामा नेपालको परराष्ट् निती कमजोर हुदै गएकोले बाहीरी चलखेल बढ्दै गएको प्रति आफु निकै चिन्तीत रहेको बताउनुभयो । सोहि क्रममा बोल्दै नेपालको आधा भन्दा बढि जनसंख्या रहेको मधेशमा आन्दोलन चलीरहदा चुनाब हुनै नसक्ने बताउदै राष्ट्यि हितलाई असर गर्ने बाहेक अन्य बिषयमा दलहरुले लचकता देखाएर मधेशको माग सम्बोधन गर्न सकिने छ तर अंगिकृत नागरीकताका बिषयमा भने कुनैपनी हालतमा सहमती हुन नसक्ने थापाको धारणा रहेको छ ।

आफु सरकारमा हुदानै सहमती नजिक पुगेको सिमांकनको बिषय बर्तमान सरकारको काधमा आएकोले छिट्टै कार्यन्वयनको पक्षमा अगाडी बढ्नुपर्ने र आफ्रनो पार्टीसंग सल्लाह नै नगरी महाभियोग प्रस्ताब संसदमा दर्ता गरिएकोले त्यस बिषयमा आफुहरुले अध्यन गर्न बाकी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया