Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा लचकता अपनाउने निर्णय गरेको छ । विहीबार बसेको हेडक्वाटर बैठकले संविधान संशोधन र कार्यान्वयनमा दलहरुको सहमती आवश्यक रहेकाले लचकताका साथ सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

maoist-hq-meeting

बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले संविधान संशोधन र कार्यान्वयनको चुनौति रहेकाले लचकताका साथ प्रस्तुत हुने बताइन् । उनले दलीय सहमतिका लागि छलफल र वार्ता गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिनुभयो ।

बैठकमा सहभागी नेताहरुले संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने धारणा राखेका थिए । बैठकमा संसदमा पेश भएको महाअभियोग प्रस्ताव र पार्टीको राष्ट्रिय भेलाबारे पनि छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया