Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – परराष्ट्रविदहरुले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने सम्भावना औंल्याएका छन् । संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा बुधबार डोनाल्ड ट्रम्प विजयी भए लगत्तै रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले अमेरिकाले दिँदै आएको आर्थिक सहायता घट्ने कुरा औंल्याउनुभएको हो ।

उहाँले भन्नुभयो ‘नवनिर्वाचित राष्ट्रपतिको नीतिअनुसार अब आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा छ, यदी त्यसो भयो भने अमेरिकाले वैदेशिक सहायतामा कटौती गर्नेछ, त्यसो गर्दा स्वभाविक रुपमा नेपाललाई पनि असर पर्छ ।’

साक्षात्कारमा पूर्वराजदूत शर्माले राष्ट्रपतीय चुनावको नतिजा पूरा विश्वकै लागि अप्रत्यासित रहेको बताउँदै भन्नुभयो ‘उनको विजयी वास्तवमै अप्रत्यासित नै हो, धेरैले यस्तो अनुमान गरेकै थिएनन् ।’ उहाँले ट्रम्पको विजयीले काला जाति, विश्वविद्यालयमा अध्ययनरत युवाहरु तथा महिलाहरुलाई यो नतिजाले निराश बनाएको समेत बताउनुभयो ।
अमेरिका आफैमा विश्वमै राजनैतिक एवम् आर्थिक रुपमा शक्तिशाली राष्ट्र भएकोले ट्रम्पको विजयीसँगै यसको वैदेशिक नीति तथा आर्थिक नीतिमा केही परिवर्तन आउन सक्ने स्वभाविक सम्भाव्यता रहेको शर्माले औंल्याउनुभयो । उहाँले भन्नुभयो ‘अब अमेरिकाले नयाँ ट्रेड सम्झौता गर्दैन, बरु रिभ्यु गर्छ ।’

उहाँकाअनुसार उक्त नीतिले फाइनन्सल्ली इण्डिपेन्डेन्ट राष्ट्रलाई जस्तो भारतलाई पनि यसको असर पर्नै सक्छ । शर्माले थप्नुभयो ‘यसले गर्दा अब ट्रेड वार हुने सम्भावना छ ।’

शर्माले नेपालले अब ककस मार्फत आफ्नो देशलाई फाईदा हुने कुरा अघि बढाउन सक्ने समेत धारणा राख्नुभयो । क्यापिटल हिलस्थित् ककसबाट नेपालले आफ्नो आर्थिक साझेदारीको कुरा अघि बढाउनुपर्ने शर्माले सुझाब दिनुभएको छ ।
त्यस्तै उहाँले इमिग्रेसन पोलिसीमा पनि केही कडाई हुन सक्ने बताउनुभयो । उहाँले थप्नुभयो ‘उहाँले चुनावी दौरानमा बोलेजस्तो कुरा लागु गर्ने हो भने रोजगारीमा पनि हतोत्साही उत्पन्न हुन सक्छ ।’

त्यस्तै कार्यक्रममा परराष्ट्रविद एवम् नेकपा एमालेका सांसद डा. राजन भट्टराईले पनि ट्रम्पले चुनावी दौरानमा बोलेका कुरा लागु गर्ने अवस्था आए यसको सबैभन्दा बढी प्रभाव महिला, आप्रावासीहरुलाई पर्न सक्ने चर्चा तथा परिचर्चा भैरहेको प्रति टिप्पणी गर्दै भन्नुभयो ‘उहाँले बोलेका कुरा लागु भए विश्व राजनीतिमा ठूलो प्रभाव आउँछ, ग्लोवल पोलिटिक्समा यसले ट्रेम्डेस इम्प्याक्ट पार्छ ।’ यद्धपी उहाँले चुनावी मैदानमा बोल्ने कुरा एउटा भएपनि पदमा निर्वाचित भएपछि त्यसलाई हुबहु लागु गर्न नसकिने भन्दै कतिपय कुराहरुमा भने यसले असर पार्ने  टिप्पणी गर्नुभयो ।

त्यस्तै अर्का पूर्वराजदूत डा. सुरेश चालिसले ट्रम्पले चुनावी दौरान उठाएका एजेण्डाहरु लागु भए जापान, साउथ कोरियालगायत देशमा अमेरिकी सैनिक कटौति हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया