Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काभ्रे – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री पुष्पकमल दाहाल निरंकुश तरिकाले अगाडि बढेको आरोप लगाउनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री दाहाल आफ्नै ढंगले निरंकुश तरिकाले अगाडि बढेको आरोप लगाउनुभएको हो । नेता पौडेलले सरकारले नागरिकको आसा अनुसारको काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

कांग्रेससहितको सरकार भएर पनि प्रधानमन्त्री दाहालले साझा कार्यक्रमहरु ल्याउन नसकेका बताउनुभयो । नेता पौडेलले स्थानीय निकायको चुनाव जसरी भएपनि गर्नुपर्ने बताउँदै स्थानीय निकाय पुनर्संरचनामा भने आफू असन्तुष्ट रहेको बताउनुभयो । नगरिकसँग छलफलनै नगरी गर्न लागेको पुनर्संरचनाले फाइदा नगर्ने बताउँदै उहाँले अहिलेकै अवस्थामा निर्वाचन गरेर स्थानीय पुनर्संरचना गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस कोषाध्यक्ष एवं शान्ति मन्त्री सितादेवी यादव, केन्द्रीय सदस्यहरु एनपी साउद, कमला पन्त, सीता परियार, प्रदिप पौडेललगायत नेताको सहभागिता थियो । बुधबार र बिहीबार दुई दिन चल्ने कार्यक्रममा देशभरका दुई सय १७ नगरपालिकाका कांग्रेस नगर सभापतिहरु, पर्यवेक्षकसहित एक हजार प्रतिनिधि सहभागी छन् ।

तपाईको प्रतिक्रिया