Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानको अन्तिम नतिजा अनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पारेर राष्ट्रपतिमा विजयी भएका हुन् ।

राष्ट्रपतिमा विजयी हुन दुई सय ७० इलेक्ट्रोल चाहिनेमा ट्रम्पको पक्षमा २७६ इलेक्ट्रोल परेको छ । यस्तै डेमोक्र्याटिक क्लिन्टनको पक्षमा २१८ इलेक्ट्रोल परेको छ । मुख्य प्रतिस्पर्धा र नतिजाका लागि महत्वपूर्ण रहेको पेन्सिलभेनिया, फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, लोवासहितका राज्यमा पराजित हुनु क्लिन्टनका लागि घातक बन्यो । अब केही राज्यको मात्रै नतिजा आउन बाँकी छ ।

हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत

रिपब्लिक पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याएको छ । बहुमतका लागि दुई १८ सिट चाहिनेमा रिपब्लिकन पार्टीले दुई सय ३४ सिटमा जित निकालेको छ । डेमोक्र्याटिक पार्टीले एक सय ७६ सिटमा जित निकालेको छ । अब केही सिटको नतिजा आउन बाँकी छ ।

सिनेटमा पनि रिपब्लिकन पार्टी बहुमतको नजिक छ । बहुमतका लागि ५१ सिट चाहिनेमा रिपब्लिकनले ५१ सिटमा अग्रता लिएको छ । यस्तै डेमोक्र्याटिक पार्टीले ४७ सिटमा अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया