Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नेपालगन्ज  – नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले  अंगीकृत नागरिकलाई राष्ट्रका प्रमुख पद दिन नसकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्ज स्थित कोइराला निवासमा गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले भारत लगायत विश्वका अन्य मुलुकमा पनि प्रमुख पदमा अंगीकृत नागरिकलाई रोकिएको उदाहरण दिँदै  नेपालमा पनि अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री लगायत प्रमुख पद दिन नसकिने बताउनुभयो । उहाँले यसबारेमा पार्टीमा छलफल हुन भने बाँकी रहेको जानकारी दिनुभयो ।

महामन्त्री कोइरालाले हिन्दी भाषालाई नेपालीपछिको दोस्रो राष्ट्रिय भाषाको रुपमा पनि मान्यता दिन नसकिने स्पष्ट पार्नुभयो । ‘तराई–मधेसमा पनि अवधी, भोजपुरी, थारु लगायतका धेरै भाषा छन्’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘भारतको राष्ट्रिय भाषालाई स्वीकार गर्न सकिँदैन ।’ नेपालमा रहेका १२५ वटा भाषा मध्येबाटै हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेशको सिमाङ्कन हेरफेर लगायत संविधान संशोधनका विषयमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता एक ठाउँमा उभिएको बताउँदै कोइरालाले मधेस केन्द्रित दलहरुलाई पनि यसमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया