Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुग्नुभएको छ । मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । र, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई निकै पछि पार्नुभएको छ ।

साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहनुभएको छ । बीबीसीका अनुसार ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । र, ट्रम्पले २६४ इलेक्टोरल भोट जित्नुभएको छ, भने हिलरीले २ सय १८ भोट जित्नुभएको छ ।

३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वा्चित हुन २७० भोट चाहिन्छ ।लसएन्जलस टाइम्सकाअनुसार पछिल्लो पटक ट्रम्पले २० इलेक्टोरल कलेज भएको पेन्सलभेनिया राज्यमा जित हात पार्नुभएको छ । मिसिगनमा पनि उहाँको जित निश्चित जस्तै भएको छ भने एरिजोनामा उहाँको अग्रता कायमै छ ।

मिसिकनमा १९८८ पछि रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका थिएनन् । तर, यो पटक ट्रम्प जित नजिक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया