धादिङ – नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान संशोधन अन्तर्गत नागरिकताको, प्रदेश सीमाकंन, भाषा र राष्ट्रिय सभाको गठनसम्बन्धी विषय भएकाले सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने बताउनुभएको छ ।
संविधान संशोधनअन्तर्गत नागरिकताको सवाललाई अन्तरिम संविधानअनुसार टुङ्गो लगाउने गरी प्रस्ताव गरिने पनि निधिले उल्लेख गर्नुभयो ।