Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ – ऊर्जामन्त्री जनार्दन शर्माले अव राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी क्षेत्र र सरकारको सहकार्य बिना आर्थिक समृद्धि हासिल नहुने भन्दै उहाँले सरकारले लगानी मैत्री वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले व्यवसायीको समृद्धिका लागि आफूहरु लागिपरेको भन्दै ऊर्जा मन्त्रालयले देशभरि विद्युत्भार कटौती मुक्त गर्न अभ्यास सुरु गरिसकेको जानकारी दिनु भयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले व्यवसायीले ऊर्जा सकंट खेपिरहेको भन्दै लगानीको वातावरण सुनिश्चित गर्न वातावरण मिलाइदिन मन्त्री शर्मासँग आग्रह गर्नुभएको थियो । अध्यक्ष रिजालले मन्त्री शर्मालाई चारबुँदे ज्ञापनपत्र पेस गर्नुभएको थियो ।

ज्ञापनपत्रमा तुलसीपुरको विमानस्थलमा नियमित सञ्चालन र इन्धन डिपो स्थापना, विद्युत्भार कटौतीको दीर्घकालीन रुपमा व्यवस्थापन र दाङ जिल्लालाई प्रदेश नं ५ को सङ्घीय राजधानी बनाइनुपर्ने लगायतका माग सङ्घले बुझाएको ज्ञापनपत्रमा छन् ।

तपाईको प्रतिक्रिया