Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – जापानको फुकुओका शहरमा निर्माणाधीन सबवे रेल मार्गमाथिको सडक भासिएर विशाल खाडल बनेको छ । ट्राफिक लाइटसहित सडकको पूरै चौडाई भासिएपछि स्थानीयहरुले विपद् व्यवस्थापन विभागलाई खबर गरेका थिए ।  15032429_1450292304998912_2120791723_nघटनापनि फुकुओवा शहरको हाकाता वार्ड भएर जाने पाँचवटा मूख्य सडकलाई बन्द गरिएको छ । जुनियर हाकाता रेल्वे स्टेसनबाट ३०० मिटरको दूरीमा दुवै पट्टिबाट जमिन भासिएर एकै स्थानमा जम्मा भएको छ । २७ मिटर फराकिलो ३० मिटर जमिन भासिएर १५ मिटरको खाडल बनेको छ । खाडल पानीले भरिएको छ । जमिन भासिँदा पाइप फुटेर पानी जमेको बताइएको छ । अधिकारीहरुका अनुसार जमिन भासिएको सिधा तल सव वे मार्ग बनिरहेको थियो ।

जुन १.४ किलोमिटरको थियो र हाकाता रेल्वे स्टेसनबाट सिटी सेन्टरसम्मका लागि थियो । बिपद् अधिकारी ओदाले पनि आशंका गरेका छन् कि त्यही सव वेको निर्माणका कारण जमिन भासिएको हुन सक्छ । जमिन भासिएपछि फुकुओका शहरको १७० घरहरुमा बिजुली काटिनुका साथै जापानी ग्यास कम्पनी सैबुले पनि ग्यास लिक भएको अनुमानमा परिक्षण गरिरहेको छ ।

जापानी अधिकारीहरुले जमिन भासिएको बारेमा गम्भीर अनुसन्धान गरिरहेको भएपनि जापानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कुनै राक्षस जमिनबाट बाहिर निस्कँदा त्यस्तो भएको भन्दै मजाक गरिरहेका छन् । फुकुओका जापानको प्रमुख व्यवसायिक शहर हो ।

14958672_1450292308332245_1574066257_n 14996290_1450292314998911_1373594437_n

 

तपाईको प्रतिक्रिया