Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

खोटाङ – प्रधानमन्त्री पुष्पकमल दाहाल खोटाङ आउनुहुने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।

मध्यपहाडी लोकमार्गको अवलोकन, कार्यालय प्रमुखलाई निर्देशन तथा पार्टी कार्यकर्ता भेटघाटका लागि आज प्रधानमन्त्री दिक्तेल आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको हो ।

प्रधानमन्त्री आउने भएपछि दिक्तेलका विभिन्न चोक तथा प्रवेशद्वारमा सोमबार देखिनै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हेलिकोप्टरमार्फत प्रधानमन्त्री आउनुहुने भएपछि दिक्तेलका विभिन्न चोकमा सरसफाइ गर्नुका साथै स्वागतद्वार बनाइएको छ ।

कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्ग निरीक्षण, कार्यालय प्रमुखलाई निर्देशन तथा पार्टी कार्यकर्ता भेटघाटका लागि आज बिहान १० बजे प्रधानमन्त्री खोटाङ आउन लाग्नुभएको नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव तथा पूर्व सांसद दुर्गाजयन्ती राईले बताउनुभयो । प्रधानमन्त्रीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको पनि सचिव राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया