Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
 टोकियो- जापानमा नेवारहरुको क्रियाशिल संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा ५ नोभेम्बरमा आयोजित नेपाल संवत ११३७ र म्ह पुजा भव्यताका साथ सम्पन्न भएको छ ।

करीव १२० जनाको सहभागी रहेको यस कार्यक्रममा प्रत्येकको निम्ति मण्डप तयार गरिएको थियो । नेवार लगायताअन्य जाति तथा जापानी आगन्तुकहरुको पनि सहभागिता रहेको थियो । विभिन्न संघ संस्थाको प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रम जापानमा पहिलो पटक यति धेरै संख्यामा सामुहिक म्ह पुजा गरेको हो- संस्थाको महासचिव शिव तण्डुकारले बताउनु भयो । टोकियो कितासुना दान्ची हलमा आयोजित कार्यक्रमा नेपाल संवतको प्रवर्तक शंखधर साख्वाको फोटोमा दीप प्रज्वलन र माल्यार्पण गरी पहिलो चरणको कार्यक्रम सुरु गरी नेपाल संवत ११३७ को शुभकामना आदन प्रदान गरिएको थियो ।

दोस्रो चरणमा नेवारी परम्परा अनुसार म्ह पुजा गरिएको थियो । कुनै रोग व्याधी नलागेस् भनी शरीरको पूजा गर्ने म्ह पूजा पहिलाे पटक अनुभव गरेका आगन्तुकहरू पनि थिए । साथै नेवारी परिकारमा रमाएका आगन्तुकहरु नेवारी गीतमा पनि उत्तिकै रमाएका थिए ।
नेपालमा मनाइने एउटै तिथि र मितिमा गर्न नसकेपनि प्रवासमा रहेर नेवारहरुको  मौलिक चाड मनाउन पाएकोमा सहभागीहरु निक्कै खुशी भएका थिए ।

कार्यक्रमको अर्को चरणमा संस्थाको सदस्य समेत रहेको नेपाली किक बक्सिङ्ग खेलाडी मोहन महर्जन ड्रागनलाई हालै टोकियोमा एक प्रतियोगितामा बिजयी भएकोमा बधाई ज्ञापन गरिएको थियो । साथै आगामी मार्च ३ तारिक हुन लागेको अर्को महत्वपूर्ण प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दै सगुन खुवाईएको थियो ।

कार्यक्रम गर्नुको प्रमुख उद्देश्य भनेको प्रवासमा रहेर पनि आफ्नो मौलिक संकृतिको निरन्तरता दिने, नयाँ पुस्तालाई सिकाउँदै जाने र जापानमा रहेका जापानी र अन्यजातिका व्यक्तिहरुलाई परिचय दिदै जाने रहेको संघको अध्यक्ष गंगा डंगोलले बताउनु भयो ।
टोकियोजस्तो व्यस्त शहरमा आफ्नो व्यस्तताको बाबजुद पनि कार्यक्रममा सहभागी भई भव्यरुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरुमा आयोजक नेवा:अन्तराष्ट्रिय फोरम जापानले हार्दिक आभार व्यक्त गरेको छ ।***

तपाईको प्रतिक्रिया